२०८१ माघ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बर्खा स्मृति क्रिकेट प्रतियोगिताबारे क्यान अध्यक्ष चन्दद्वारा जानकारी


बिर्तामेड, माघ ६ । झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट एसोसिएसन (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ ।

प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि २० क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।

चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ पेट्रोल पम्प पश्चिम रहेको खेल मैदान पुगेर अध्यक्ष चन्दले प्रतियोगिता र खेल मैदानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बर्खा स्मृति प्रतिष्ठानले खेलाडीको हौसला प्रदान गर्दै खेलाडी उत्पादन गर्न भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गर्दै चन्दले प्रतियोगिता सञ्चालन गर्न चहिने प्राविधिक सहयोगको लागि तयार रहेको बताएका थिए ।

क्यानका पदाधिकारीलाई प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, बुद्धशान्ति खेलकुद विकास समिति अध्यक्ष पर्शुराम चेम्जोङलगायतले स्वागत गरेका थिए ।

टोलीमा अध्यक्ष चन्दसहित उपाध्यक्ष रोशन सिंह, केन्द्रीय सदस्य अर्जुन पौडेल, कोशी प्रदेश अध्यक्ष सर्वजीत पाण्डे, सचिव टिकाराम पुरी, सदस्य सुरेश गुरागाईं, मोरङ अध्यक्ष मोहमद साद कुरेसी, झापा अध्यक्ष प्रविन थापालगायत रहेका थिए ।

प्रतिष्ठानले निजीस्तरमा यही माघ ११ गतेदेखि १९ गतेसम्म दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ र दोस्रो टोलीले ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्षले प्रसाईंले बताए ।

हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार, सेमिफाइनलको प्लेयर अफ दि म्याचले ५ हजार र फाइनलको प्लेयर अफ दि म्याचले ७ हजार तथा प्लेयर अफ दि सिरिजलाई १३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Comments are closed

Adv footer