२०८१ माघ ९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसी मेडिकल कलेजका पहिलो ब्याचलाई स्वागत सम्मान


बिर्तामोड, माघ ८ । झापाको बिएन्डसी मेडिकल कलेजले एक कार्यक्रमबीच पहिलो ब्याच (सन् २०२५) का एमबिबिएस विद्यार्थीलाई स्वागत सम्मान गरेको छ ।

मेचीनगर–१२ को धाइजनमा रहेको साइन्स भवनमा १४ विदेशीसहित ५० जना विद्यार्थीलाई स्वागत सम्मान गरिएको हो । कार्यक्रममा कलेजका पदाधिकारी, प्राध्यापक, कर्मचारीले उनीहरुलाई स्वागत गरेका हुन् ।

कलेजका संस्थापक एवम् कार्यकारी निर्देशक दुर्गा प्रसाईं प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता कलेजकी संस्थापक अध्यक्ष इन्दिरा गिरीले गरेकी थिइन् ।

कलेजका विभिन्न विभाग र संकायका प्रमुखहरुको उपस्थिति रहेको उक्त अवसरमा कलेजका अध्यक्ष डक्टर रामबाबु गिरी, निर्देशक डक्टर अञ्जली कार्की प्रसाईं, प्रिन्सिपल प्राडा उमेश शर्मा लगायतले नयाँ विद्यार्थीलाई फूलगुच्छा र खादा प्रदान गरेर स्वागत तथा सम्मान गरेका थिए ।

कलेजका जनसम्पर्क प्रमुख प्रमिश गिरीले सञ्चालन गरेको सो कार्यक्रमको समापनमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डक्टर वीरेन्द्र यादवले धन्यवाद मन्तव्य राखेका थिए ।

हाल बिएन्डसी मेडिकल कलेजमा ५० जना विद्यार्थीले चिकित्सा शास्त्र संकाय अन्तर्गत स्नातक तह (एमबिबिएस) अध्ययन सुरु गरेका छन् ।

स्वागत कार्यक्रममा डाक्टर पढ्न आएका विद्यार्थीको चहलपहल उल्लासमय थियो । उनीहरुको बोली, व्यवहार र अनुहारमा नयाँ ऊर्जा झल्किन्थ्यो । विद्यार्थी मात्र होइन, डाक्टरलाई पढाउने प्रोफेसरहरुको चहलपहल पनि हेर्नलायक थियो ।

Comments are closed

Adv footer