२०८१ माघ १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड र आयोजक फिदिम भेट्रान्सको फाइनलमा


बिर्तामोड, माघ ११ । फिदिममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको उपाधिका लागि आयोजक फिदिम भेट्रान्स क्लब र रेड स्टार फुटबल क्लब बिर्तामोड झापा भिड्ने भएका छन् ।

फिदिम माविको खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा दूधे भेट्रान्स झापालाई टाइब्रेकरमा ३-१ गोलले पराजित गर्दै आयोजकले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो ।

दूधेका लागि पेनाल्टी सुटमार्फत सुबास आङथुपाेले गाेल गरेर अग्रता दिलाएका थिए । जसमा आयाेजकका सुबास लिम्बूकाे ह्याण्ड भएपछि दूधेले पेनाल्टी पाएकाे थियाे । यसैगरी, आयाेजकका लागि सुबास लिम्बूले नै बराबरी गाेल गरेर खेलमा फर्काएका हुन् ।

खेलको प्लेयर अफ दी म्याच फिदिम भेट्रान्स क्लबका गोलरक्षक रोशन श्रेष्ठ घोषित भए । उनले दुधे भेट्रान्सका दुई प्रहार रोकेका थिए । उनले नगद २ हजार २ सय पाए ।

यसैगरी, शुक्रबार नै सम्पन्न अन्तिम सेमिफाइनल खेलमा बौद्ध भेट्रान्स रानीटार पॉचथरलाई रोक्दै उपाधिको दाबेदार रेड स्टार एफसी बिर्तामोडले फाइनलमा स्थान बनाएको हो । रानीटारलाई ३२ गोलअन्तरले पराजित गर्दै बिर्तामोडले आयोजकसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

रेड स्टारका लागि खेमराज पोख्रेलले २ र अंकुर खड्गीले एक गोल गरेका हुन् । रानीटारका लागि दिनेश गुरूङले व्यक्तिगत २ गोल गरेका थिए । खेलको प्लेयर अफ दी म्याच रेड स्टारका बुद्ध चेम्जोङ घोषितहुँदै नगद २ हजार २ सय पाए ।

फिदिम भेट्रान्स क्लबको आयोजनामा भएको गोल्डकपको फाइनल खेल भोलि माघ १२ गते शनिबार हुनेछ । विजेताले १ लाख ५ हजार ५५५ र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछ ।

Comments are closed

Adv footer