२०८१ माघ १४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

टेबल टेनिस संघ झापाको अध्यक्षमा अग्रवाल


बिर्तामोड, माघ १३ । झापा जिल्ला टेबल टेनिस संघको अध्यक्षमा पूर्वखेलाडी बिर्तामाडका सन्तोष अग्रवाल चयन भएका छन् ।
२०७२ सालदेखि निष्क्रिय रहेको संघ पुनर्गठन गर्दै अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा शान्तरत्न शाक्य, सचिवमा मिलन शाक्य, कोषाध्यक्षमा टेकेन्द्र अग्रवाल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा मनिष साहेवाला, बिकेन थापा, कुसुम कोइराला, जमुना राई, प्रकाश राई, सागर श्रेष्ठ, शिखा सुवाल श्रेष्ठ चयन भएका छन् ।

नवगठित कमिटीले टेबल टेनिस खेलका गतिविधि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । खेलकुदमध्ये सबैभन्दा बढी खेलिने खेल टेबल टेनिस भएको भन्दै यसलाई व्यावसायिक रुप दिने अध्यक्ष अग्रवालले बताए ।

यसअघि भद्रपुरका अभिषेक ढुंगाना संघको अध्यक्ष थिए । उनको नेतृत्वमा रहेको कमिटी विघटन गरेर नयाँ कमिटी गठन भएको हो ।

अखिल नेपाल टेबल टेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानियाँको उपस्थितिमा नयाँ कमिटी गठन भएको हो ।

केन्द्रीय उपाध्यक्ष बानियाँले जुनियर च्याम्पियनसिप आयोजना गर्न झापालाई सुझाव दिए । चर्चित खेलाडी शिखा सुवाल झापाकै भएकाले उनको सहभागिताले संघ चलायमान हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, संघका निवर्तमान अध्यक्ष अभिषेक ढुंगाना लगायतले नवनिर्वाचित कमिटीलाई शुभकामना मन्तव्य राखेका थिए ।

Comments are closed

Adv footer