बिर्तामोड, माघ १४ । बिर्तामोडमा जारी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा प्रवेश निःशुल्क बनाइएको छ । महोत्सवमा सहभागीलाई थप सहज बनाउन महोत्सव मुल आयोजक समितिले प्रवेश निःशुल्क बनाएको हो ।
दिउँसो ४ बजेसम्मका लागि महोत्सवस्थल प्रवेश गर्दा शुल्क नलिने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताएका छन् । ग्राहकलाई समेत मध्यनजर गर्दै प्रवेश शुल्क नलिइएको उनले बताए ।
महोत्सवमा स्थानीयदेखि भारत, बंगलादेश, पाकिस्तानका व्यवसायीले समेत आफ्ना उत्पादन राखेकाले अवलोकन र खरिद बिक्रीका लागि सहज पु¥याउन महोत्सव निःशुल्क गरिएको संघका कोषाध्यक्ष युवराज निरौलाले बताए ।
माघ ८ गते सुरु भएको महोत्सव माघ १९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न विधाका कलाकारले सांगीतिक प्रस्तुति दिइरहेका छन् ।
Comments are closed