बिर्तामोड, माघ १४ । भारतको सिलिगुडीमा रहेको रुद्राक्ष सुपर स्पेसालिटी केयर अस्पतालले नयाँ व्यवस्थापनअन्तर्गत सेवा प्रारम्भ गरेको छ ।
सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरणहरू र दक्ष विशेषज्ञहरूको टोलीसहित यो अस्पतालले स्वास्थ्य सेवामा थप गुणस्तर र सेवा विस्तारको प्रतिबद्धता जनाएको छ ।
न्युरोलोजी र एन्डोक्राइनोलोजी उपचारमा विशेषज्ञताका साथ सेवा दिने यो अस्पताल विगत ९ वर्षदेखि लाखौँ बिरामीहरूको विश्वास जित्दै आइरहेको छ ।
मतिगढामा सञ्चालनमा आएको रुद्राक्ष अस्पतालको नयाँ व्यवस्थापनले ‘तपाईंको स्वास्थ्य, हाम्रो चासो’ भन्ने नारालाई आत्मसात गर्दै थप उन्नत सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
अस्पताल प्रख्यात एन्डोक्रिनोलोजिस्ट डक्टर अरुंधती दासगुप्ता र न्युरोलोजिस्ट डक्टर जोयदीप डेको नेतृत्वमा सञ्चालन भइरहेको छ ।
डा. अरुंधती दासगुप्ता
मधुमेह, थाइराइड विकार, हार्मोनल समस्या, किशोरावस्थाका विकार, र अन्य चयापचय विकारहरूको उपचारमा विशेषज्ञता राख्ने डक्टर दासगुप्ताले यसअघि गुडगाउँस्थित मेदान्ता अस्पतालमा कार्यरत थिइन् ।
डा. जोयदीप डे
न्युरोलोजी क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएका डक्टर डे उत्तर बंगालमा तीव्र स्ट्रोक व्यवस्थापनका अग्रणी हुन् । उनले यस क्षेत्रमै पहिलोपटक स्ट्रोक थ्रोम्बोलाइसिसको सुरुवात गरेका थिए ।
रुद्राक्ष सुपर स्पेसालिटी केयरमा न्युरोलोजी, मस्तिष्क पक्षघात (स्ट्रोक), मिर्गी, माइग्रेन, पार्किन्सन रोग, नर्भ र स्पाइनल कर्ड विकार, डिमेन्सिया, निद्रा विकार अन्य न्युरोलोजिकल समस्याहरू, एन्डोक्राइनोलोजी, मधुमेह, थाइराइड विकार, मोटोपना, किशोरावस्थाका विकार, हार्मोन सम्बन्धित हड्डी विकार, ओस्टियोपोरोसिस पिट्युटरी, एड्रेनल र अन्य ग्रन्थी विकारको उपचार हुने बताइएको छ ।
अस्पताल सिलिगुडीका साथै सिक्किम, दार्जिलिङ, र नेपालको झापा तथा इलाम क्षेत्रका बिरामीहरूलाई सेवा दिने उद्देश्यले सञ्चालनमा आएको हो ।
डक्टर जोयदीप डेका अनुसार सेवाग्राहीहरूको मागअनुसार एकै स्थानबाट सम्पूर्ण सेवा उपलब्ध गराउन अस्पताललाई अत्याधुनिक बनाइएको छ ।
Comments are closed