
बिर्तामोड, माघ १४ । नरेन्द्र बराल र औषधि व्यवसाय, कोशी प्रदेशमा एकअर्काका परिपूरक नै हुन् । बिर्तामोडका स्थापित औषधि व्यवसायी ५३ वर्षीय बराल ४० वर्षयता निरन्तर यही पेसामा सक्रिय छन् ।
२०४२ सालमा काठमाडौँबाट खुद्रा व्यवसायमा आवद्ध भएका बराल हाल बिर्तामोडको ओशियन मेडिकेयर प्रालिका सञ्चालक छन् । उनी २०५४ माघ ५ गतेयता ओशियनको सञ्चालन गर्दै आएका छन् ।
नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशको हाल वरिष्ठ उपाध्यक्ष रहेका बरालको ओसियन मेडिकेयर नेपालका १०० वटा कम्पनीको औषधिको थोक बिक्रेता हो । पुराना र अनुभवी व्यवसायी बराल संघको दोस्रो अधिवेशनका लागि अध्यक्षको उम्मेदवार छन् ।
काठमाडौँमा महाबौद्ध र वीर हस्पिटल गेटमा पनि खुद्रा व्यवसाय गरेका बराल २७ वर्षयता आफ्नै स्वामित्वको ओशियन मेडिकेयरमा व्यस्त छन् । उनी साविक मेची अञ्चलका ७०० जना व्यवसायीलाई औषधि बिक्री गर्दै आएका छन् ।
पानस फर्मास्युटिकल्स प्रािलको सञ्चालक समितिमा समेत रहेका बराल आधा दर्जन औषधि उत्पादक कम्पनीका प्रवर्द्धक छन् । भेगा फर्मास्युटिकल्स, शिवम फर्मास्युटिकल्स, फार्मोनिक्स लाइफ साइन्स, सोपान फर्मास्युटिकल्स र मीरा बायोटिकका उनी प्रवर्द्धक हुन् ।
२०५६ सालदेखि संघको अञ्चाल तथा केन्द्रीय समितिमा विभिन्न पदमा रहेर औषधि व्यवसायीको पक्षमा वकालत गर्दै काम गरिसकेका बराललाई कोशी प्रदेशमा रोलमोडलको रुपमा हेरिन्छ ।
२०५९ सालसम्म साविक मेची अञ्चल शाखाको सचिव, २०६२ सालसम्म प्रथम उपाध्यक्ष र २०६७ सालसम्म पाँच वर्ष कानुनी सल्लाहकारका रुपमा रहेका बराल शालिन र समन्वयकारी क्षमताका कारण सबैको लोकप्रिय छन् ।
२०७० सालसम्म संघको केन्द्रीय सदस्य तथा २०७३ सालसम्म केन्द्रीय सचिव रहेका बरालको पक्षमा अधिकांश जिल्लाका कार्यसमिति सदस्य तथा पूर्व अञ्चल अध्यक्षहरु रहेको बताइन्छ ।
संघको नेतृत्वको लागि सक्षम भएको तथा वरिष्ठ उपाध्यक्षको रुपमा संघको नेतृत्व गरिसकेकाले बराललाई माघ २७ गते हुने निर्वाचनमा जिताउनुपर्ने मतदाता व्यवसायीहरुको धारणा रहेको छ ।