२०८१ माघ १६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको जलथलमा १५५ प्रजातिका रुख


बिर्तामोड, माघ १५ । चारकोशे झाडीले परिचित जैविक विविधताले भरिपूर्ण दक्षिण झापाको जलथल वनमा १५५ प्रजातिका रुखहरु रहेको खोजकर्ताहरुले पत्ता लगाएका छन् ।

जलथलको २२ वटा सामुदायिक वन क्षेत्रमा नेपालमा पाइनेमध्ये २५ प्रतिशत विभिन्न प्रजातिका रुखहरु अध्ययनका क्रममा पाइएको वनस्पतिविद् डक्टर लीलानाथ शर्माले जानकारी दिए ।

जिल्लाको कचनकवल, बाह्रदशी, हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिकासम्म फैलिएको वनमा शर्माले खोज गरेर ती रुखहरु पत्ता लगाएका हुन् । नेपालमा पाइने ७०० रुखहरुमध्ये १५५ प्रजाति यहाँ पाइएको उनको भनाइ छ ।

उनले फरेस्ट एक्सन नेपालको नेतृत्वमा सो क्षेत्रका वनहरुमा पाइने विविधताको अध्ययन गरिएको जानकारी दिए । चारकोशे जंगलको फडानी हुनबाट बचेको एक खण्ड जलथल वन छ हजार १०० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

सो क्षेत्रमा गरिएको अध्ययनमा शर्मालगायत डक्टर भास्कर अधिकारी, योगेन्द्रविक्रम पौडेलले जलथल वनको जैविक विविधता बारेमा भारतबाट प्रकाशित हुने ’प्लियोने’ नामक विधागत जर्नलको पछिल्लो अंकमा सो कुराको अभिलेखीकरण गरेका छन् ।

जलथल वनका रुखहरुका बारेमा लगभग अभिलेख पूरा भएको र थप अध्ययन गर्ने क्रम जारी रहेकाले अन्य प्रजाति पनि थप हुने सम्भावना भएको शर्माले बताए । रुखहरुको प्रजातीय विविधताको आधारमा जलथललाई रुखहरुको राजधानी भनिन्छ ।

जलथलमा लटहर, थाकल, लाली, पाँचफल, हार्पुलिया आदि जस्ता दक्षिणपूर्वी एसियामा प्रचुर मात्रामा पाइने रुखका प्रजातिहरु पाइएका छन् ।

Comments are closed

Adv footer