बिर्तामोड, माघ १६ । नेपाल बार एसोसिएसन झापा जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिवक्ता वसन्त नेपाल सर्वसम्मत चयन भएका छन् ।
माघ १९ गते हुने निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता गर्ने दिन अध्यक्ष पद लगायत अन्य पदमा अरु उम्मेदवारी दर्ता नभएकोले सर्वसम्मत चयन भएका हुन् ।
उपाध्यक्षमा चित्रबहादुर मगर, सचिवमा दिपेन्द्र भट्टराई, सहसचिवमा सानु कार्की र कोषाध्यक्षमा विदुर ढुंगाना निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारीले जानकारी दिए ।
सदस्यहरुमा नारायणप्रसाद पौडेल, हेमकला कट्टेल, शान्ता पाठक, डम्बर गिरी, तारामणि सापकोटा, तारादेवी बाराकोटी, नरेश खाती र भूपालमान भट्टराई रहेका छन् ।
केन्द्रीय पार्षदमा नरेन्द्र ढकाल, लक्ष्मीप्रसाद शिवाकोटी, वेनुप्रसाद सिटौला, पवन कार्की, लेखनाथ निरौला ’लक्ष्मी’, यज्ञप्रताप अधिकारी, लक्ष्मीप्रसाद अधिकारी र दीर्घसिंह पौडेल चयन भएका छन् ।
Comments are closed