२०८१ माघ १७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

महाकुम्भमा भागदौड हुँदा झापाका भक्तजन अलपत्र


बिर्तामोड, माघ १६ । भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिएपछि झापाबाट गएका धेरै भक्तजनहरु अलपत्र परेका छन् ।

महाकुम्भ मेला जाँदै गरेका झापा बिर्तामोड १ का झलकसिंह राजवंशीसहितको १८ जनाको टोली बीच बाटोमा अलपत्र परेको छ ।
महाकुम्भ मेला पुग्न ८० किलोमिटर बाँकी रहेको औराही भन्ने ठाउँमा आफूहरु अलपत्र परेको राजवंशीले जानकारी दिए । भागदौड भएपछि मेलातर्फ जान नदिएको उनले बताए ।

सो घटनापछि धेरै भक्तजनहरु मेलाबाट फिर्न थालेका छन् । धेरैजना एकैचोटि फर्किंदा सडकजाम भएको जनाइएको छ ।

भागदौडमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । महाकुम्भ मेलामा भएको भागदौडमा दर्जनौँ मानिसहरू घाइते भएका छन् ।

भागदौडमा नेपाली भक्तजनहरु परेको बताइएपनि के कति परे भनेर यकिन भइसकेको छैन । सो घटनापछि धेरै नेपालीहरु अलपत्र परेका छन् ।

बिबिसीका अनुसार भागदौडमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । त्यसक्रममा दर्जनौँ मानिसहरू घाइते भएका छन् ।

मंगलबार राति करिब २ बजेतिर मेलामा भागदौड मच्चिएको थियो । सार्वजनिक भएको एक ड्रोन फुजेटमा लाखौँ भक्तजनहरू देखिन्छ । उनीहरू उज्यालो भएपछि पवित्र स्नान गर्ने गरी अघि बढिरहेका थिए ।

आज महाकुम्भ मेलाको सबैभन्दा शुभ दिन मानिन्छ । त्यही कारण भक्तजनहरू मंगलबारदेखि नै स्नानका लागि लाइनमा थिए । कुम्भ मेलामा हिजो करिब तीन करोड भक्तालुले स्नान गरेको जनाइएको छ ।

Comments are closed

Adv footer