२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु


बिर्तामोड, माघ १८ । फुटबल रेफ्री कोर्स सकिएको तीन दिन नबित्दै झापामा फेरि फुटबल प्रशिक्षकका लागि प्रशिक्षण सुरु भएको छ । अर्जुनधारा ९ स्थित सुखानी सहिद उद्यान पार्कमा आजदेखि चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको हो ।

झापा जिल्ला फुटबल संघको आयोजना तथा एन्फाको प्राविधिक सहयोगमा सुरु कोर्समा झापासहित मोरङ र पाँचथरका २७ जना सहभागी छन् । डि क्याटागोरीअन्तर्गतको कोर्समा सबैभन्दा बढी झापाका रहेका छन् ।

झापाका तीनजना महिला सहभागी कोर्सको उद्घाटन झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)ले गरे । उनले झापामा रेफ्रीपछि फुटबल प्रशिक्षकको तालिम आयोजना गरिनु गर्वको विषय भएको बताए ।

प्रशिक्षणमा एन्फा टेक्निकल डाइरेक्टर हरि खड्का र एन्फा हेड अफ द कोच एजुकेसन सञ्जीव सिंहले तालिम दिइरहेका छन् ।

संघका अध्यक्ष भगिरथ आले (मामा)को अध्यक्षता, संघका सदस्य अमिरकुमार श्रेष्ठको स्वागत रहेको औपचारिक कार्यक्रम संघका महासचिव शेरबहादुर बस्नेत (सुन्दर)ले सञ्चालन गरेका थिए ।

Adv footer