बिर्तामोड, माघ २१ । झापाको अर्जुनधारास्थित महानन्दचोकमा स्थापना भएको नवनीत एकेडेमीले शिक्षासँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्टता प्रदर्शन गर्दै आएको छ ।
अतिरिक्त क्रियाकलापमा अब्बल रहेको विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाएर पुरस्कृत हुँदै आएको प्रिन्सिपल डक्टर रिता बास्तोलाले जानकारी दिइन् ।
केही महिनाअघि युएईको दुबईमा भएको वर्ल्ड स्कुल समिटमा नवनीत एकेडेमी न्यु एजुकेसन लर्निङ सिस्टम विधातर्फ सम्मानित भएको थियो ।
विद्यालयका शिक्षक तथा अभिभावकको साथले विद्यालय त्यो स्थानमा पुग्न सफल भएको बास्तोलाले बताइन् । विश्वका १०० भन्दा बढी विद्यालयका प्रतिनिधिमाझ नवनीत सम्मानित भएको हो ।
विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापमा आफ्ना विद्यार्थीलाई अब्बल बनाउन, अहिलेको शैक्षिक आवश्यकता परिपूर्ति गर्न विद्यालयले गरेको रचनात्मक र कलात्मक उत्कृष्टता बाहिर ल्याएकोमा गर्व लागेको विद्यालयका सञ्चालक विनित बास्तोलाले बताए ।
झापामा युवा क्रिकेटर उत्पादनका लागि बोस्टन क्रिकेट एकेडेमीसमेत सञ्चालन गर्दै आएको विद्यालयबाट राष्ट्रिय खेलाडीहरु उत्पादन भइसकेका छन् ।
दिभ्यांंश बास्तोला, दिपु भूजेल, एलिस मण्डल, दिवस खड्का र अर्बिन पौडेलले राष्ट्रिय प्रतियोगिताहरु खेलिसकेका छन् ।
त्यस्तै, भारतको सिलिगुडीमा भएको सावित्रीदेवी जाजोडिया राष्ट्रिय गोल्डकप क्रिकेट प्रतियोगितामा नवनीत उपविजेता बनेको थियो ।
हालै सिक्किममा सम्पन्न खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विद्यालयका चारजना विद्यार्थीले रजत र कास्य पदक जितेको प्रिन्सिपल बास्तोलाले जानकारी दिइन् ।
त्यस्तै, अर्जुनधारामा भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा नवनीतका विद्यार्थी उत्कृष्टता प्रदर्शन गर्दै पदक ल्याएको सञ्चालक बास्तोलले जानकारी दिए ।
Comments are closed