२०८१ माघ २३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नव ज्योति च्यालेन्ज कपमा आयोजक सेमिफाइनलमा


बिर्तामोड, माघ २२ । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो ।

आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ द म्याच भए । उनले नगद ७ हजार र ट्रफी पाए ।

झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी प्रतियोगिताअन्तर्गत भोलि तेस्रो क्वार्टर फाइनल खेल सिलिगुडी युनाइटेड भारत र न्यु स्टार सुनसरीबीच हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।

क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।

Comments are closed

Adv footer