बिर्तामोड, माघ २४ । झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषधसहित मोरङ शनिश्चरेका एक दम्पत्ती पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) रहेका छन् ।
हिजो साँझ ५ः४० बजे मेचीनगर ६ मेचीपुलमा भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका भुजेल दम्पत्तीलाई शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट प्लास्टिकसहित २ ग्राम ६९० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।
दुबैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Comments are closed