२०८१ माघ २४ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाईमा मोटरसाइकल अनियन्त्रित हुँदा बिर्तामोडका शाहको मृत्यु


बिर्तामोड, माघ २४ । झापाको कनकाईस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ का २४ वर्षीय सुमित शाह रहेका छन् । उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आज बिहान कनकाई-१ विमल चौतारामा दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडक खण्डमा मे. १० प २६२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा चालक बिर्तामोड-५ का २८ वर्षीय सिद्धार्थ शाह र पछाडि बसेका सुमित शाह घाइते भएका थिए । सिद्धार्थको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments are closed

Adv footer