२०८१ माघ २४ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा ‘एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक’ सञ्चालनमा 


बिर्तामोड, माघ २४ । झापाको बिर्तामोडमा जिल्लामै पहिलोपटक ‘एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक’ सञ्चालनमा आउने भएको छ ।

झापाको बिर्तामोड–१ मा माघ २६ गतेदेखि एड्भान्स पेन स्पेसलिस्ट क्लिनिक सञ्चालनमा आउन लागेको हो । बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी क्लिनिक सञ्चालनबारे जानकारी दिइएको छ ।

डक्टर निरु नेपालले मानसिक र शारीरिक रुपमा रहेको दुखाइको निदानका लागि क्लिनिक सञ्चालन गर्न लागिएको बताइन् ।

विश्वमा ८० प्रतिशत मानिस कुनै न कुनै दुखाइबाट पीडित रहेको बताउँदै उनले बिनाअपरेसन सुई र औषधिको माध्यमबाट उपचार गरिने बताइन् ।

दुखाइको कारण पत्ता लगाएर सही उपचार गर्ने उद्देश्यले क्लिनिक सञ्चालन गर्न लागिएको डक्टर पुष्पक रेग्मीले जानकारी दिए । “रोग नै थाहा नपाई सुरुमै उपचार गर्ने परिपाटी हामीमा छ”, उनले भने, “बिरामीको कारण पत्ता लगाएर मात्र हामी उपचार गर्छौं ।”

पत्रकार सम्मेलनमा डक्टर मुस्कान श्रेष्ठले कतिपय उपचार गर्दा पनि निको नहुने दुःखाइहरु समाजमा रहेको बताउँदै दुखाइमुक्त समाज बनाउनका लागि क्लिनिक सञ्चलन गर्न लागिएको बताए । दुःखाइ लामो समयपछि रोग बन्न सक्ने भएकाले बेलैमा उपचार गर्नुपर्ने उनले बताए ।

नेपालामा उपचारका लागि आउने बिरामीमध्ये ३० देखि ७० प्रतिशत क्रोनिक अवस्थाका बिरामी हुने गरेको डक्टर कविन सापकोटाले बताए । लामो समयदेखि दुखाइको पीडा भोगिरहनुभएका बिरामी धेरै आउने गरेको बताउँदै उनले उनीहरुको उपचारका लागि लामो समय लाग्ने बताए ।

उपचारमा आएका बिरामीको अवस्था बुझ्न निरन्तर आफूहरु जोडिरहने उनको भनाइ छ । क्लिनिकमा विशेषज्ञता हासिल गरेका तीनजना डाक्टरले बिरामीको समस्या निदानमा खटिइने जनाइएको छ ।

माघ २६ गते बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले क्लिनिकको उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Comments are closed

Adv footer