![](https://jhapatoday.com/wp-content/uploads/2024/06/accisym-1024x576.jpg)
बिर्तामोड, माघ २५ । झापाबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी (इभी) भेन सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।
बिपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक इभी दुर्घटना भएको हो । दुर्घटनामा चालक दोलखा गौरीशंकर गाउँपालिकाका अन्दाजी २८ वर्षका सुशन नेपालीको मृत्यु भएको हो ।
त्यस्तै, झापा बाह्रदशी १ बस्ने २७ वर्षीय किस्टु मण्डल, इलाम देउमाई ८ बस्ने ५३ वर्षीय सनबहादुर तामाङ, मोरङ लेटाङ २ बस्ने ३२ वर्षीया देवी लिम्बू, काठमाडौँको कागेश्वरी मनहरा ५ थली बस्ने वर्ष अन्दाजी २८ की स्वेता गिरी र सोही ठाउँका वर्ष अन्दाजी २८ वर्षका सञ्जय रोक्का घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।
बा. १ –०३० च ९६४२ नम्बरको इभी आज बिहान ४ बजे दुर्घटना भएको थियो । इभी सडकबाट अन्दाजी चार सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
Comments are closed