![](https://jhapatoday.com/wp-content/uploads/2025/02/fish28.jpg)
बिर्तामोड, माघ २८ । झापाको कनकाई नगरपालिका–१ बाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध माछा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको मोबाइल टोलीले कनकाई–१ जामुनखाडीबाट अन्दाजी १ हजार ४०० केजी अवैध माछा बरामद गरेको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००–२ च ४८४९ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा माछा भेटिएको थियो ।
करिब ४ लाख २० हजार मूल्यबराबरको अवैध माछा, सवारी साधन तथा चालक सुनसरी इनरुवा–७ का २४ वर्षीय दिलकुमार चौधरीलाई समेत नियन्त्रणमा लिइएको नम्बर २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेशराज विष्टले जानकारी दिए ।
Comments are closed