२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका मन्सुरी र कनकाईका वाग्ले ब्राउनसुगरसहित पक्राउ


बिर्तामोड, माघ २९ । प्रहरीले झापाका बिर्तामोड र झापा गाउँपालिकाबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

बिर्तामोडबाट पक्राउ पर्नेमा वडा नम्बर ६ स्यालडाँगीका २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी रहेका छन् । हिजो राति ०७ः३० बजे पक्राउ परेका उनी घरमै लागुऔषध सेवन गरिरहेको अवस्थामा भेटिएका थिए ।

प्रहरीले उनको साथबाट प्लास्टिकबाहेक ३२० मिलिग्राम ब्राउनसुगर र ४ ग्राम १५० मिलिग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच, प्रहरीले झापा गाउँपालिका ३ फूलगाछीबाट लागुऔषधसहित मन्जित भन्ने दर्पण वाग्लेलाई नियन्त्रणमा लिएको छ ।

हिजो राति ९ बजे पक्राउ परेका कनकाई ३ सुरुंगाका २५ वर्षीय वाग्लेको साथबाट प्लास्टिकबाहेक ३ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ ।

Comments are closed

Adv footer