२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कमलका बस्नेत परिवारद्वारा मंगलमय माविमा अक्षयकोष स्थापना


दमक, माघ २९ । झापाको कमल–५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयमा स्थानीय बस्नेत परिवारले अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाका अनुसार कमल–५ की ज्येष्ठ अभिभावक झुमादेवी बस्नेतसहित उनका परिवारले एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

दाता झुमादेवीले दिवंगत आफना छोराद्वय गणेश र जीवन बस्नेतको स्मृतिमा उक्त राशीको अक्षयकोष स्थापना गरिदिएको विद्यालयका अध्यक्ष टिकाराज सापकोटाले जानकारी दिए ।

यसअघि तारादेवी अधिकारी बस्नेतले विद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा रोशनबहादुर बस्नेत स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेकी छन् ।

दाता बस्नेतले एक लाख एक हजार १११ रुपैयाँको कोष राखेकी हुन् । यसअघि विद्यालयमा विष्णुमाया थापा अक्षयकोषबाट सर्वोत्कृष्ट विद्यार्थी, उत्कृष्ट अभिभावकहरुलाई पुरस्कृत गर्दै आएको बगालेले बताए ।

अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई अध्ययन निरन्तरताका लागि सघाउ पुग्ने उनको भनाइ छ ।

पछिल्ला समय दाताहरुले विद्यालयमा स्वेच्छिक रुपमा अक्षयकोष स्थापना गर्ने क्रम बढ्दै गएकाले यसले विद्यालयको समग्र शैक्षिक विकासमा टेवा पुग्ने उनले बताएका छन् ।

Comments are closed

Adv footer