![](https://jhapatoday.com/wp-content/uploads/2023/06/domalal-rangasala.jpg)
बिर्तामोड, माघ २९ । बिर्तामोड नगरपालिकाले डोमालाल राजवंशी रंगशाला रहेको देवी गुठीको जग्गालाई सुरक्षित गर्न घेराबारा गर्ने भएको छ ।
नगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरी उक्त जग्गालाई घेराबारा गर्न लागिएको जनाएको हो ।
नगरपालिकाले उक्त जग्गा वरपर बनेका घर टहरा र संरचना हटाउनुपर्ने जनाउँदै ३५ दिनका लागि सूचना पनि जारी गरेको छ ।
३५ दिनभित्र नहटाए नगरपालिका आफैँले कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिहरुबाटै असुलउपर गरिने नगरपालिकाले जनाएको छ ।