
बिर्तामोड, फागुन ३ । झापाको मेचीनगर नगरपालिका-१३ चारआलीको जंगल अतिक्रमण गरेर निर्मित संरचना हटाउन थालिएको छ ।
जिल्ला वन कार्यालय झापाको सक्रियतामा जंगल अतिक्रमण गरेर निर्माण गरिएका २४ वटा संरचना हटाउन थालिएको हो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, मेचीनगर नगरपालिका प्रमुख गोपाल बुढाथोकी लगायतको उपस्थितिमा वनक्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन थालिएको हो ।
वनक्षेत्रमा निर्माण गरिएका संरचना हटाउन वन कार्यालयले पटकपटक अनुरोध गर्दासमेत उनीहरू अटेर गरेर बसेका थिए ।
पछिल्लो समय ३५ दिने सूचना प्रकाशन गरेर हट्न भने पनि प्रगति नमुना सामुदायिक वनको त्यस स्थानमा बसोबास गर्दै आएकाहरुले अटेर गरेका थिए ।
सुरक्षा बलको सहयोगमा अहिलेदेखि उनीहरूलाई हटाउन थालिएको डिभिजन वन कार्यालय झापाका प्रमुख राईले जानकारी दिए ।