२०८१ फागुन ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजन इन्टर हाउस फुटबलमा एल्लो च्याम्पियन


 मेचीनगर, फागुन ४ । झापाको धुलाबारीस्थित इष्ट होराइजन बोर्डिङ स्कुलमा आयोजित स्व हरिप्रसाद राई मेमोरियल इन्टर हाउस फुटबल टुर्नामेन्टमा एल्लो हाउस च्याम्पियन बनेको छ ।

लिग कम नकआउट टुर्नामेन्टको आज भएको फाइनल खेलमा एल्लो हाउसले ग्रीन हाउसलाई ४-२ गोलअन्तरले पराजित गरेको हो । एल्लो हाउसका लागि कप्तान निश्चल राईले ह्याट्रिक गरे भने आयुश तुम्रोकको नाममा एक गोल रह्यो ।

उपविजेता बनेको ग्रीन हाउसका लागि निशान्त चौधरी र आयुथ राजवंशीले गोल गरेका थिए । चार वटा हाउसबीच भएको प्रतिस्पर्धाबाट म्यान अफ दी टुर्नामेन्ट ग्रीन हाउसका निशान्त चौधरी भए ।

यस्तै, हाइ स्कोरर पनि निशान्त बन्दा बेस्ट डिफेन्स र राइजिङ प्लेयर ग्रीन हाउसकै आयुश पौडेल भए । यसैगरी, अन्य विधामा एल्लो हाउसको बर्चश्व रह्यो । जसमा म्यान अफ दी म्याचसँगै बेस्ट फरवार्ड निश्चल राई, बेस्ट गोलकिप्पर सुमित राई र बेस्ट मिडफिल्डर निर्जल मोहोरा घोषित भए ।

विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, प्रिन्सिपल सञ्जीव राई, फुटबल कोच सचिन्द्र धिमाल, मिनबहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए ।

Adv footer