२०८१ फागुन ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलमा भएको आगलागीबाट ७० लाखको क्षति


बिर्तामोड, फागुन ४ । झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँबराबरको क्षति भएको छ ।

बनियानी बजारदेखि करिब ७ सय मिटर पश्चिम कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (मुनि पक्की बेरा, माथिल्लो तला काठको बेरा टिनको छानो भएको) १० कोठे घरमा आगलागी भएको हो ।

आगलागीबाट घर र घरभित्र रहेको नगद १ लाख २५ तोला सुन, चाँदी ७५ तोला, २ थान एसी, २ थान स्मार्ट टेलिभिजन, अन्य सामग्री गरी ७० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ ७ः३० पुजा कोठामा बालेको दियोबाट आगो सल्किन गई आगलागी भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भद्रपुर, मेचीनगर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति १० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

Adv footer