२०८१ फागुन ८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तरपालिका महिला फुटबलः उपाधि जित्ने कनकाई र अर्जुनधाराको दाबी


बिर्तामोड, फागुन ५ । झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने फाइनल स्पर्धामा कनकाई र अर्जुनधारा नगरपालिकाले दुवै टिमले च्याम्पियन बन्ने दाबी गरेका छन् ।

आज हुने फाइनल खेलका लागि आइतबार आयोजना गरिएको प्रिम्याच कन्फ्रेन्समा कनकाईकी कप्तान खुस्मा राईले तयारी राम्रो भएकाले जित निकाल्ने दाबी गरिन् ।

त्यस्तै, अर्जुनधाराकी कप्तान जेनिफर रानाले पनि उपाधिका लागि आफूहरु तयार रहेको बताइन् । कन्फ्रेन्समा कनकाईका कोच सन्त रायमाझी र अर्जुनधाराका कोच पुष्प मादेनको सहभागिता रहेको थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Adv footer