![](https://jhapatoday.com/wp-content/uploads/2025/02/charpanevet-1024x577.jpeg)
बिर्तामोड, फागुन ५ । झापाको बिर्तामोडस्थित बेलडाँगी खेल मैदानमा प्रथम चारपाने युनाइटेड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
यही फागुन १४ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल र भारतमा १४ वटा टिमको सहभागिता रहने चारपाने युनाइटेड भेट्रान फुटबल क्लबका अध्यक्ष माधव खरेलले बताए ।
प्रतियोगितामा आयोजकका दुई टिम रहने छन् भने तुर्केनी काँकरभिट्टा, धुलाबारी, चन्द्रगढी, उर्लाबारी, दमक लखनपुर, झिलझिले, दुधे, कनकाई, पूर्वेली, मदनपुर अर्जुनधारा, कटहरडाँगी बाह्रदशी भेट्रान क्लबको सहभागिता रहनेछ ।
फागुन १७ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १५१, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ३१ हजार १३१ ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव मोहन कोइरालाले बताए ।
त्यस्तै, प्लेयर अफ द म्याचले एक हजार १०० र ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार र ट्रफी पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र उच्च गोलकर्ताले नगद २ हजार र ट्रफी पाउने छन् ।