२०८१ फागुन ८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

ग्रिन फिल्ड वर्ल्ड स्कुल बिर्तामोडले मनायो वार्षिकोत्सव


बिर्तामोड, फागुन ६ । झापाको बिर्तामोड-१ मा सञ्चालित ग्रिन फिल्ड वर्ल्ड स्कुलले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

स्कुलले मंगलबार विभिन्न खेलकुद कार्यक्रम साथै सांस्कृतिक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । स्कुलकी निर्देशक मनिषा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रम विद्यार्थीले योगा, नृत्य, गायन तथा दौडलगायतका खेलकुदका कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमअघि विद्यार्थीहरुले मार्चपाससमेत गरेका थिए । त्यस्तै, अविभावकहरुबीच खेलकुद कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेत, वाल्मीकि एजुकेसन फाउन्डेसनका प्रिन्सिपल पवन गिरी, न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं, हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनाल, बिर्तामोड प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल, बिर्तामोड उद्योग वाणिजय संघका पूर्वअध्यक्ष बलराम कार्की लगायतको आतिथ्य रहेको थियो ।

विद्यालयको वार्षिकोत्सवमा साइन्स, कल्चर र खेलकुद कार्यक्रम आयोजना गरेको र यस वर्ष खेलकुद कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको विद्यालयका आइटी अफिसर सुशील कार्की डोलीले जानकारी दिए ।

स्कुलका कोअर्डिनेटर बर्नाड लामा र विद्यार्थीको तर्फबाट सोफिया प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका सुशीला घिमिरेले गरेकी थिइन् ।

२०७४ सालका स्थापना भएको ग्रिन फिल्ड स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्मको अनुमति प्राप्त छ । हाल विद्यालयमा कक्षा नर्सरीदेखि ११ सम्म अध्यापन हुने र आगामी वर्षदेखि कक्षा १२ पनि सञ्चालन हुनेछ ।

विद्यालयमा हाल ५१९ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक तथा कर्मचारी गरेर ८० जना रहेको विद्यालयका भाइस प्रिन्सिपल रोजिना कार्कीले जानकारी दिइन् ।

Adv footer