२०८१ फागुन १० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु


बिर्तामोड, फागुन १० । झापाको बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ ।

ठक्करबाट पैदलयात्री बुद्धशान्ति-२ की अन्दाजी ७५ वर्षीया इन्द्रमाया कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते कार्कीलाई बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

आज दिउँसो ३ बजे बुद्धशान्ति गाउँपालिका वडा नम्बर–२ खतिवडाचोकस्थित जयपुर–शनिश्चरे भित्री सडकखण्डमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प ७४८२ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक इलाम सूर्योदय–१० बस्ने २१ वर्षीय भुवन न्यौपानेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका बुद्धशान्ति–७ बस्ने २४ वर्षीय रविन गड्तौला घाइते भएका छन् ।

उनको खुट्टा र दुवै हातमा चोट लागेर सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Adv footer