२०८१ फागुन १० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

ट्रयाक्टरको ठक्करबाट झापाका श्रेष्ठको मृत्यु


बिर्तामोड, फागुन १० । मोरङको उर्लाबारी-७ मा ट्रयाक्टरको ठक्करबाट झापाका एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ६ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि बसेका झापाको कमल गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षीय तारानारायण श्रेष्ठको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारीको अरनिको अस्पतालनजिक को. १ त ६७८८ नम्बरको ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको स्थानीय अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले बताए ।

प्रहरी निरीक्षक यादवका अनुसार मोटरसाइकल चालक सामान्य घाइते भएका थिए । उपचारपछि उनी घर फर्किएका छन् ।

Adv footer