
बिर्तामोड, फागुन ११ । झापाली समाज कतारको ११ औँ अधिवेशनबाट अध्यक्षमा चानीलाल राजवंशी चयन भएका छन् ।
कतारमा भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेशप्रसाद दुलाल, द्वितीय उपाध्यक्षमा किरण परियार, महासचिवमा बिमल भारती, सचिवमा शारदा भुजेल र कृष्ण कार्की, कोषाध्यक्षमा लोक थापा र सहकोषाध्यक्षमा युवराज बराल सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यमा भुपेन्द्र भारती, रानाबहादुर निरौला, विनिता चौधरी, किरण राजवंशी, अजय गिरी, लुखिराम टुडु, पुजन गिरी, सरु टुडु, बाचसपति आचार्य, लक्ष्मी उप्रेती, विशाल राजबंशी, रविन काफ्ले र विष्णुप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा समाजका अध्यक्ष केशव कार्कीको सभापतित्व तथा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष महेन्द्र चम्लागाईं, उपाध्यक्ष चूडामणि कार्की, महासचिव नविन पोखरेल साथै झापाली समाजका संरक्षकहरुको विशिष्ठ आतिथ्य रहेको थियो ।