२०८१ फागुन १४ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मोटरसाइकल दुर्घटनामा चालक राजवंशीको मृत्यु


दमक, फागुन १३ । झापाको गौरीगञ्जस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो १२ः५५ बजे गौरीगञ्ज-१ हुलाकी राजमार्गमा भएको दुर्घटनामा शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का १७ वर्षीय सुरज राजवंशीको मृत्यु भएको हो ।

कुञ्जीबारीबाट धानगडातर्फ जाँदै गरेको बा. ६५ प ८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पिल्लरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

राजवंशीको नाक, अनुहार र टाउकोमा चोट लागेर गम्भीर घाइते भई उपचारको लागि दमक अस्पताल भर्ना गरिएको थियो ।

उनको ०२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer