२०८१ फागुन १४ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधाराधामले निःशुल्क सामुहिक विवाह गरिदिने


बिर्तामोड, फागुन १४ । पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधामले कोशी प्रदेशमै पहिलोपटक निःशुल्क सामुहिक विवाह गरिदिने भएको छ ।

झापाको अर्जुनधारामा रहेको अर्जुनधारा जलेश्वरधामको आयोजना तथा विश्व हिन्दु परिषद नेपालको समन्वयमा आगामी बैशाख ३ गते सामुहिक विवाह गर्न लागिएको हो ।

जलेश्वरधामले धाम परिसरमा आज पत्रकार सम्मेलन गरी कम्तिमा २५ जोडी वरबधुको निःशुल्क सामुहिक विवाह गरिने जानकारी दिएको हो ।

समाजका खर्चको अभाव कारण विवाह गर्न नसेका वरबधुलाई सहज बनाउने उद्देश्यले निःशुल्क सामुहिक विवाह गर्न लागिएको अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नविन गट्टानीले बताए ।

धामले विवाहका लागि फारम नै तयार गरेर खर्चको अभावमा विवाह गर्न समस्या भएका जोडीलाई आह्वान गरेको छ । विवाहका वरबधुलाई एकसरो उपहारसमेत प्रदान गरिने अध्यक्ष गट्टानीले जानकारी दिए ।

त्यसरी सामुहिक विवाह गर्ने वरबधुले अभिावकको अनुमतिसँगै वडा र पालिकाको सिफारिस वा वरबधु नै राजिखुसी भएको प्रमाण पेश गर्नुपर्नेछ ।

सामुहिक विवाहका लागि प्रत्येक जोडी वरबधुका अलगअलग मण्डप र गुरु हुने साथै वरका तर्फबाट १० र बधुका तर्फबाट १० जनाको उपस्थिति रहने अध्यक्ष गट्टानीले बताएका छन् ।

अध्यक्ष गट्टानीका अनुसार विवाहको सम्पूर्ण खर्च धामले व्यहोर्ने छ भने भव्य, सव्य र घरमै गरेजस्तो गरी गरिनेछ । विवाह सम्पन्न गर्न अनुमानित ३०-३५ लाख खर्च हुने र त्यो सबै खर्च धामले व्यहोर्ने अध्यक्ष गट्टानीले जानकारी दिए ।

Adv footer