२०८१ फागुन १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चारपाने युनाइटेड भेट्रान कपः चन्द्रगढी र तुर्केनी विजयी


बिर्तामोड, फागुन १५ । झापा बिर्तामोड २ मा जारी प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगितामा चन्द्रगढी भेट्रान क्लब र तुर्केनी भेट्रान एफसी विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा चन्द्रगढीले दुधे भेट्रान एफसीलाई टाइब्रेकरमा हरायो । निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलको २० औँ मिनेटमा चन्द्रगढीका प्रेमकुमार लिम्बूले गोल गर्दै अग्रता दिलाए पनि २५ औँ मिनेटमा दुधेका भीष्मप्रसाद खरेलले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।

खेलको प्लेयर अफ द म्याच चन्द्रगढीका गोलकिपर अमित गुरुङ भए । उनले नगद एक हजार १०० र ट्रफी पाए ।

त्यस्तै, दोस्रो दिनको दोस्रो खेलमा कनकाई भेट्रान एफसीलाई १–० गोल अन्तरले हराउँदै तुर्केनी विजयी भयो ।

तुर्केनीका सुवास लिम्बूले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो । खेलको प्लेयर अफ द म्याच तुर्केनीका गोलकर्ता लिम्बू भए । उनले नगद एक हजार १०० र ट्रफी पाए ।

बेलडाँगीस्थित वीर अमरसिंह माविको खेलमैदानमा जारी प्रतियोगितामा १३ टोलीहरु सहभागी रहेको आयोजक चारपाने युनाइटेड भेट्रान एफसीका अध्यक्ष माधव खरेलले बताए ।

फागुन २१ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १५१, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ३१ हजार १३१ ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव मोहन कोइरालाले बताए ।

त्यस्तै, प्लेयर अफ द म्याचले एक हजार १०० र ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार र ट्रफी पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र उच्च गोलकर्ताले नगद २ हजार र ट्रफी पाउने अध्यक्ष खरेलले बताए ।

Adv footer