२०८१ फागुन १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चारपाने युनाइटेड भेट्रान कपः आयोजक रातो र सुकुना लिजेन्ड विजयी


बिर्तामोड, फागुन १६ । झापा बिर्तामोड २ मा जारी प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगितामा आयोजक रातो र सिलिगुडीको सुकुना लिजेन्ड भेट्रान एफसी विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा आयोजक रातोले कट्टरडाँगी भेट्रान एफसीलाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो ।

आयोजकका लासग बुद्धले ह्याट्रिक गरे भने रविन राईले २ र गणेश सुब्बाले १ गोलको योगदान दिए । खेलको प्लेयर अफ द म्याच आयोजक रातोको बुद्ध चेम्जोङ भए । उनले नगद एक हजार १०० र ट्रफी पाए ।

त्यस्तै, दोस्रो दिनको दोस्रो खेलमा आयोजक निलोलाई ५–१ गोल अन्तरले हराउँदै सिलिगुडीको सुकुना लिजेन्ड विजयी भयो ।

खेलको प्लेयर अफ द म्याच सिलिगुडीको सुकुना लिजेन्डका जम्सद अली भए । उनले नगद एक हजार १०० र ट्रफी पाए ।

बेलडाँगीस्थित वीर अमरसिंह माविको खेलमैदानमा जारी प्रतियोगितामा १३ टोलीहरु सहभागी रहेको आयोजक चारपाने युनाइटेड भेट्रान एफसीका अध्यक्ष माधव खरेलले बताए ।

फागुन २१ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १५१, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ३१ हजार १३१ ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव मोहन कोइरालाले बताए ।

त्यस्तै, प्लेयर अफ द म्याचले एक हजार १०० र ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार र ट्रफी पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र उच्च गोलकर्ताले नगद २ हजार र ट्रफी पाउने अध्यक्ष खरेलले बताए ।

Adv footer