२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सानो प्रयास युवा समाजको अध्यक्षमा खतिवडा


दमक, फागुन १७ । दमकमा रहेको सानो प्रयास युवा समाजको अध्यक्षमा छविलाल खतिवडा चयन भएका छन् ।

आज दमक-५ स्थित दिपिनी आधारभूत विद्यालयमा भएको संस्थाको पहिलो साधारणसभाले खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा निश्चल राई, सचिवमा दिप ताजपुरिया, सहसचिवमा रोचक अधिकारी, सूर्यमाया भुजेल र कोषध्यक्षमा यशोदा खतिवडा (काप्mले) चयन भएका छन् ।

त्यस्तै, सदस्यमा सुसन लिम्बू, सन्तोष गुरुङ, तनुजा दुलाल, चम्पा ताजपुरिया, कृष्ण भण्डारी, मोनिका दंगाल, संयोग खतिवडा, बादल माझी, आविष्कार भट्टराई, सविन श्रेष्ठ, सुजन गौतम, सुरज धिमाल, दिपक तिवारी, कमलप्रसाद गैरे चयन भएका छन् ।

संस्थाले विगत पाँच वर्षदेखि दमक नगरपालिका आसपासमा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ ।
पहिलो साधारणसभको प्रमुख अतिथि दमक वडा नम्बर ५ का वडा अध्यक्ष ईन्द्रबहादुर गुरुङ रहेका थिए ।

Adv footer