२०८१ चैत्र २८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

चारपाने युनाइटेड भेट्रान कपः झिलझिले सेमिफाइनलमा


बिर्तामोड, फागुन १८ । तुर्केनी भेट्रान एफसी मेचीनगरलाई हराउँदै शिवसताक्षीको झिलझिले भेट्रान एफसी प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापा बिर्तामोड-२ बेलडाँगीस्थित वीर अमरसिंह माविको खेलमैदानमा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा झिलझिलेले तुर्केनीलाई २-० को गोल अन्तरले हरायो ।

झिलझिलेका लागि खेलको १९ औँ र ३५ औँ मिनेटमा रोहित राईले गोल गरे । त्यस्तै, खेलको ५९ औँ मिनेटमा दिनेश राईले एक गोल थपे ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम झिलझिलेका २ गोलकर्ता राई भए । उनले नगद एक हजार १०० र ट्रफी पाए ।

उनलाई दाता प्रियंका श्रेष्ठका सासू किसन श्रेष्ठ र नन्द भीमा श्रेष्ठ तथा आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष रमेश उप्रेती र सदस्य गणेश सुब्बाले पुरस्कार प्रदान गरे ।

फागुन २१ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १५१, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ३१ हजार १३१ ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव मोहन कोइरालाले बताए ।

त्यस्तै, प्लेयर अफ द म्याचले एक हजार १०० र ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार र ट्रफी पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र उच्च गोलकर्ताले नगद २ हजार र ट्रफी पाउने उपाध्यक्ष प्रनेश श्रेष्ठले बताए ।

Adv footer