
बिर्तामोड, फागुन १९ । बिर्तामोड नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँबाट सरुवा भएर बिर्तामोड आएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले सोमबारदेखि कार्यभार सम्हालेका छन् ।
मिश्रलाई नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रवक्ता एवम वडा नम्बर १ का वडा अअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायत जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरे ।
कार्यक्रममा मिश्रले विकासको काममा पर्खेर नबस्ने प्रतिबद्धता व्यक्त गरे । जनप्रतिनिधि र प्रशासनबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने उनले जोड दिए ।
मिश्रसँग यस अघि जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला विकास समिति डोल्पाको स्थानीय विकास अधिकारी, अख्तियार अनुसन्धान आयोग, वाणिज्य विभाग, वीर अस्पताल , गौरादह नगरपालिका, इटहरी उपमहानगरपालिका लगायतका कार्यालयमा काम गरेको लामो अनुभव छ ।