२०८२ बैशाख ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

३० हप्तामै जन्मिएको शिशुको बिर्तासिटीमा सफल उपचार


बिर्तामोड, फागुन २० । झापाको बिर्तामोड–३ सैनिकमोडकी ज्योति लिम्बूले ३० हप्तामा शिशुलाई जन्म दिएकी छिन् । उनले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा डक्टर अजय अग्रवालको सहयोगमा ‘नर्मल’ रुपमा छोरीलाई जन्म दिएकी हुन् । छोरीको तौल १.७ केजी रहेको छ ।

‘सामान्यतया गर्भधारण भएको ३७ हप्ता पूरा भएपछि टम डेलिभरी हुनेगर्छ’, अस्पतालकी पिडियाट्रिक एन्डोक्राइनोलजी डक्टर ज्योति अग्रवालले भनिन्, समय अवधि पुगेर जन्मिएका शिशुको तौल सामान्यतया २.५ केजीदेखि ३.५ केजीसम्म हुने गर्छ । तर, ज्योतिले ३० हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । जुन ‘एब्नर्मल’ हो, जसलाई हामी ‘प्रि म्याचुर्ड वर्थ’ भन्छौँ ।

बच्चा जन्मिएपछि श्वासप्रश्वासमा गाह्रो भएकाले नवजात शिशुलाई आइसियुमा राखिएको थियो । बच्चामा फोक्सोको राम्ररी विकास नभएकाले सास फेर्न गाह्रो भएको र चिकित्सकले विशेष उपचार सुरु गरेको अस्पतालले जनाएको छ ।

बच्चामा जन्डिस देखिएसँगै बीचबीचमा सास रोकिन थालेपछि विशेष उपचारका कारणस्वास्थ्यमा सुधार हुँदै गएको डक्टर ज्योतिले बताइन् ।

बच्चामा क्याल्सियम, सुगरसँगै एप्निया प्रिम्याचुरिटी थियो । सँगै जन्डिस भएका कारण उपचारमा जटिलता थियो र उसलाई थेरापीमा राख्नुपरेको थियो । बच्चाको उपचार गर्दा कङ्गारु मदर केयर मेडिसिन (केएमसी) ट्रिटमेन्ट विधि अपनाइएको थियो ।

अहिले बच्चा सामान्य भएसँगै अस्पतालबाट डिस्चार्ज गरिएको डक्टर ज्योतिले बताइन् । अस्पतालमा सबै स्रोतसाधन र विशेषज्ञ डक्टर भएका कारण नवजात शिशुको स्वास्थ्यमा थप समस्या नआई डिस्चार्ज गर्न सफल भएको बिर्तासिटी अस्पतालमा कार्यरत मेडिकल अफिसर जेसिका चुडालले बताइन् ।

ज्योतिले फागुन ९ गते शिशुलाई जन्म दिएकी थिइन् । त्यसपछि चार दिन नवजात शिशुलाई एनआइसियु र त्यसको पाँच दिन नर्मल वार्डमा राखेर औषधि उपचारपछि डिस्चार्ज गरिएको थियो ।

शिशुमा पिसाबमा समेत इन्फेक्सन देखिएकाले उपचारमा केही कठिनाइ थियो । तर, पिडियाट्रिक एन्डोक्राइनोलजी डक्टर अग्रवालको दक्षताका कारण शिशुको उपचार सम्भव भएको हो ।

शिशुसँगै आमाको पनि पिसाबमा इन्फेक्सन देखिएकाले उनीहरु दुवैलाई उपचार गरिएको बताइएको छ । समय नै नपुगी लिम्बूले शिशुलाई जन्म दिएपछि ज्योतिका परिवार चिन्तित थिए ।

तर, अस्पतालमा सफल उपचार भएसँगै उनको परिवार मात्र होइन ज्योति पनि खुसी छिन् । सुरुमा के होला भन्ने डर लागेको तर अहिले ढुक्क भएको उनले बताइन् ।

प्रिम्याच्युरीटीको एप्निया भएका शिशुको बाँच्ने दर कम हुने गरेको एक अध्ययनले देखाएको छ । तर, समयमा सही उपचार पाएको खण्डमा शिशुलाई जीवित राख्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् ।

Adv footer