२०८१ चैत्र २८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बुट्टाबारी च्यालेन्ज कपः शनिश्चरे सेमिफाइनलमा


बिर्तामोड, फागुन २१ । शनिश्चरे फुटबल क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।

शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । खेलको प्लेयर अफ द म्याच निर्णय गोलकर्ता गजमेर घोषित भए । उनले नगद ३ हजार र ट्रफी पाए । उनलाई प्रमुख अतिथि झापा गोल्डकपका अध्यक्ष केदार गिरीले पुरस्कार प्रदान गरे ।

भोलिको तेस्रो क्वार्टर फाइनल खेल विराटनगर सिटी एफसी र रेडहर्स फुटबल क्लब इलामबीच हुने आयोजक बुट्टाबारी युनाईटेड क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् । त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने वरिष्ठ उपाध्यक्ष मरिचमान राईले बताए ।

Adv footer