२०८१ चैत्र २८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापा ११ भेट्रान र इन्ट्रा फाउन्डेसनबीच मैत्रीपूर्ण फुटबल


बिर्तामोड, फागुन २१ । एकापसमा भाइचरा सम्बन्ध मजबुद बनाउन तथा फुटबलको विकासका लागि सहकार्य गर्न झापाको बिर्तामोडमा मैत्रीपूर्ण फुटबल सञ्चालन गरिएको छ ।

मोफसलको चर्चित तथा स्थापित फुटबल क्लब झापा ११ एफसीको भेट्रान टिम र अमेरिकास्थित इन्ट्रा फाउन्डेसनबीच आज एक संक्षिप्त कार्यक्रमबीच डोमालाल राजवंशी रंगशालामा मैत्रीपूर्ण फुटबल खेलिएको हो ।

नेपालमा स्वास्थ्य, शिक्षा, खेलकुद लगायत सामाजिक कार्य गर्दै आएको इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले झापा ११ सँग पनि सहकार्य गर्ने भएको छ ।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले आफूहरु झापा र मोरङकै भुटानी शरणार्थी शिविर हुँदै अमेरिका पुगे पनि नेपालमा सेवा गर्ने काममा सक्रिय रहेको बताए ।

त्यस्तै, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पवित्र मनले काम गर्दा सदैव सबैको बधाईको पात्र बनिने अनुभव सुनाए । झापा ११ लाई छेक्ने अनेक षडयन्त्र भए पनि स्वच्छ भावना भएकाले सफल हुँदै आएको गुरुङको भनाइ थियो ।

Adv footer