२०८१ चैत्र २८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सस्तिँदै बिर्तामोडको तरकारी बजार; प्याज ७०, आलु ३०, टमाटर १४ रुपैयाँ


बिर्तामोड, फागुन २२ । झापको बिर्तामोड कृषि थोक बजारमा प्याज, आलु, टमाटर लगायत तरकारीको मूल्य पछिल्ला दिन घट्दै गएको छ ।
आज बिहीबार हटिया लाग्ने भोलिपल्ट प्याज प्रतिकिलो अधिकतम ७०, न्यूनतम ५४ र औसत ६२ रुपैयाँमा कारोबार भएको कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले जनाएको छ । यो थोक मूल्य हो ।

आलुको भाउ केही घटेको छ । रातो आलु (पहाड) ३०, भारतीय रातो आलु २८, सेतो आलु २५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । खासा लसुन २२० रुपैयाँ छ ।

त्यस्तै, इलाम र शान्तिनगरको तथा तराईको स्थानीय काउली प्रतिकिलो ३०, तराईको ब्रोकाउली ५५, रातो मुला १६, सेतो मुला १६०, लामो भन्टा ५०, डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

समितिका अनुसार टमाटरसँगै घिउ सिमी र टाटे सिमीको मूल्य पनि घटेको छ । बिर्तामोडमा पाँचथर र तेह्रथुमको टमाटर १४ रुपैयाँ, भारतीय टमाटर १२ रुपैयाँ प्रतिकिलोमा थोक कारोबार भएको छ ।

त्यस्तै, घिउ सिमी प्रतिकिलो अधिकतम ६० रुपैयाँ र टाटे सिमी पनि ६० रुपैयाँमा थोक कारोबार भएको छ । यी सिमी खुद्रा ७० रुपैयाँमा बेच्न राखिएको थियो ।

मटरकोसा ५०, तिते करेला १००, लौका ३५, सजिवन १६०, भिन्डी १६०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

रायो साग २५, सिमरायो ९०, हरियो धनियाँ ७० रुपैयाँ प्रतिकिलो छ । इस्कुस २५, तरुल ९०, च्याउ १२०, डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलो छ ।

Adv footer