२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

दमकको मुख्यचोकमा फोहोर नउठाइँदा फैलिँदै दुर्गन्ध


दमक, फागुन २४ । झापाको दमकस्थित मुख्य चोक आसपासमा फोहोर नउठाउँदा दुर्गन्ध फैलिएको छ ।

दमकको आकाशे पुलस्थित सडक खण्डमा अव्यवस्थित रुपमा फालिएको फोहोरमैला एक साता हुँदासम्म नउठाइएको स्थानीय व्यवसायी विष्णु सुब्बाले जानकारी दिए ।

स्रोतबाट कुहिने र नकुहिने फोहोर उठाउँदै आएको नेक्स्ट इरा इनर्जीले अव्यवस्थित फोहोर मैला नउठाउँदा दुर्गन्ध फैलिँदै गएको छ ।

दमकको आकाशेसहित मुख्यचोकको ट्याक्सी स्ट्यान्ड लगायतका सडक किनारमा एक हप्ताअघि थुपारिएको फोहोर अझै उठ्न सकेको छैन ।

Adv footer