२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सानो प्रयास युवा समाजद्वारा आश्रमलाई खाद्यान्न सहयोग


बिर्तामोड, फागुन २४ । झापा दमकस्थित सानो प्रयास युवा समाजले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।

आज दमक-२ मा रहेको मानव उद्धार सेवा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको हो ।

समाजसेवाको क्षेत्रमा निरन्तर सक्रिय रहेको संस्थाले आश्रयविहीन तथा सहयोगापेक्षी व्यक्तिहरूलाई आश्रय दिइरहेको उक्त आश्रममा ५० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य तथा संस्थाका सल्लाहकार समिति संयोजक दिपक कार्की, अतिथि दमक-२ का वडा अध्यक्ष प्रजापति सापकोटा, वडा सदस्य ललितबहादुर विक, दमक–५ का वडा सदस्य शोभा खतिवडा बेलबासे लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले १९ बोरा चामल, भुजा, दुई बेरा सोयाबिन, १५ केजी दाल, दन्तमञ्जन, खानेतेल, ब्रस, २० वटा थाल, ३० वटा गिलास तथा ३५ थान मच्छडदानी प्रदान गरिएको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिए ।

स्थानीय समुदायका लागि निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यसअघि पनि विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री वितरण, कोभिड महामारीको समयमा खाद्यान्न वितरण तथा हालै मात्र एम्बुलेन्स खरिद गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

संस्थाको यो अभियानमा डक्टर मनोज शाह, ब्रोडवे क्याफे, विकास शाह, सुरज श्रेष्ठ लगायतका शुभचिन्तकहरूको उल्लेखनीय सहयोग प्राप्त भएको थियो ।

Adv footer