
बितामोड, फागुन २६ । झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक बुट्टाबारी युनाइटेड क्लब र बगान युथ क्लब कचनकवल खेल्दै छन् ।
बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा भोलि फागुन २७ गते हुने फाइनल खेलमा दुई झापाली टिमले एकअर्काको सामना गर्दै छन् ।
बुट्टाबारीले क्वार्टर फाइनलमा गाईघाट युनाइटेड क्लब उदयपुरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने रेड हर्स एफसीलाई रोक्दै फाइनल प्रवेश गरेको थियो ।
त्यस्तै, बगानले न्यु स्टार क्लब सुनसरीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने शनिश्चरे एफसी अर्जुनधारालाई स्तब्ध पार्दै उपाधिनजिक पुगेको थियो ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउने क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् ।
त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।