
बितामोड, फागुन २७ । झापा गाउँपालिकाको पन्थापाडामा रहेको बिरिङ पुलमा आवतजावत बन्द गरिएपछि हुलाकी मार्ग अवरुद्ध हुने भएको छ ।


यही फागुन २९ देखि आगामी चैत २८ गतेसम्म बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत बन्द गरिने भएको झापा गाउँपालिकाले जनाएको छ ।


झापा गाउँपालिकाले आज एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालयको पत्रअनुसार मेची–रतुवा सडकस्थित झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका जोड्ने पुल बन्द हुने भएको हो ।


बिरिङ खोलाको बियरिङहरु नयाँ राख्नु पर्ने भएकोले करिब एक महिना बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत कार्य बन्द हुने जानकारी गराएको छ ।