२०८१ फागुन २८ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

इन्डो–नेपाल क्रिकेटः बिर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा


मेचीनगर, फागुन २७ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ सेमिफाइनल प्रवेश गरेको छ ।

सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल ठाकुरले सर्वाधिक ५६ रन बनाए ।

उनले ३५ बलमा ५६ रन बनाएका हुन् । त्यस्तै, सिन्टु देवले १९ रन, करणजित रोयले १७ रन तथा बोनम अली खान र अनुज रोयले समान १२ रन बनाए ।

बलिङतर्फ बिर्तामोडका लागि ज्ञानु श्रेष्ठले सर्वाधिक ५ विकेट लिए । उनले कसिलो बलिङ गर्दै ४ ओभरमा २५ रन दिएर ५ विकेट लिएका हुन् ।

त्यस्तै, बिर्तामोडका लागि विक्रम यादवले २ तथा दिपु चौधरी, समिर चौधरी र अर्पण कोइरालाले समान १/१ विकेट हात पारे ।

१४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बिर्तामोडले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन मात्रै बनाउन सक्यो । बिर्तामोडले २५ रनको हार व्यहोर्न बाध्य भयो ।

बिर्तामोडका लागि भुपेश बजगाईंले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, बिर्तामोडका लागि एलिस मण्डलले १९, समिर चौधरीले १७, ज्ञानु श्रेष्ठले १२ तथा सिवन्स बजगाईंले ११ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा बिर्तामोडले हार व्यहोर्न पुग्यो ।

बलिङतर्फ पेनोरिसका लागि बोनाम अली खानले सर्वाधिक ४ विकेट लिए भने राकेश बर्माले ३ तथा करणजित रोय, अनुज रोय र देवाशिष मिथेले समान १/१ विकेट लिएका थिए ।

प्रतियोगिताको प्लेयर अफ द म्याच पेनोरिसका बोनाम अली खान भए । उनले नगद १ हजार र मायाको चिनो प्राप्त गरे । उनले ४ विकेट लिएका थिए भने १२ रन प्रहार गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Adv footer