२०८१ फागुन २८ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका डक्टर बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक


बिर्तामोड, फागुन २८ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डक्टर टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै डक्टर बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

मन्त्रालयमा १२ औँ तहमा अतिरिक्त सचिवमा कार्यरत झापा भद्रपुरका डक्टर बाराकोटीले बुधबार महानिर्देशकको पत्र बुझ्ने छन् ।

स्वास्थ्य विभागमा महानिर्देशक रहेका डक्टर विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो । मन्त्री पौडेलले रिक्त पदमा डक्टर बाराकोटीलाई पठाउने निर्णय गरेको सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

डक्टर बाराकोटीले लामो समय काठमाडौँबाहिर बसेर सेवा दिएका छन् । उनी १२ औँ तहमा बढुवा भएपछि मात्र काठमाडौँ गएका हुन् ।

मन्त्री पौडेलले बाराकोटीलाई सचिव पछिको दोस्रो शक्तिशाली पद महानिर्देशकको जिम्मेवारी दिन लागेका हुन् । लामो समय मेची अस्पतालमा काम गरेका डक्टर बाराकोटी १२ औँ तह बढुवा भएपछि मात्र मन्त्रालयमा गएका हुन् ।

Adv footer