
मेचीनगर, फागुन २८ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर-११ सेमिफाइनल प्रवेश गरेको छ ।
सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच खेलाइएको थियोे ।
थन्डरका लागि किरात डाँगीले सर्वाधिक ३७ रन बनाए । त्यस्तै, विधान दुलालले १८ रन, शिव राजवंशीले १६ रन तथा नित्य खडरियाले १५ रन बनाएका थिए ।
बलिङतर्फ दमकका लागि आनन्द शर्माले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, रवित राजवंशी र एलिक राईले समान २/२ विकेट लिए भने आयुष न्यौपानेले १ विकेट लिए ।
११५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा दमक निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९३ रनमा समेटियो । दमकका लागि सुरज न्यौपानेले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ३४ रन बनाए ।
उनले १६ बल खेल्दै ३४ रन बनाएका हुन् । त्यस्तै, विजय तामाङले ३२ तथा नुर अन्जानले १७ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा दमकले हार व्यहोर्न पुग्यो ।
बलिङतर्फ थन्डरका लागि आनन्द शर्माले सर्वाधिक ३ विकेट लिए । रोहित राजवंशी र एलिक राईले समान २/२ विकेट लिए भने आयुस न्यौपानेले १ विकेट हात पारे ।
प्रतियोगिताको प्लेयन अफ द म्याच थन्डरका आनन्द शर्मा भए । उनले नगद १ हजार र मायाको चिनो प्राप्त गरे । उनले ३ विकेट लिएका थिए ।
प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।