२०८१ चैत्र १ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

इच्छाविपरीत रंग नलगाउन झापा प्रहरीको आग्रह


बिर्तामोड, फागुन २९ । झापा प्रहरीले होली पर्व मनाउने क्रममा इच्छाविपरीत कसैलाई बाधा पुग्नेगरी रंग नलगाउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले १३ बुँदे अपिल जारी गर्दै इच्छाविपरीत रंग दल्ने र फोहोर पानीको लोला हान्ने काम गरे कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रहरीले महिला तथा अपरिचित व्यक्तिहरूसँग मञ्जुरीबिना जबरजस्ती होली नखेल्न, बालबालिकाहरूलाई होली खेल्ने, खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न, घरको छतबाट लोला हान्ने, रंग छ्याप्ने, फोहोर पानी फाल्ने लगायतका कार्य नगर्न आग्रह गरेको छ ।

त्यस्तै, होली पर्व मनाउने बहानामा मदिरा तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन, होली खेल्ने बहानामा जथाभावी भिडभाड नगर्न, अनुशासित मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउन आग्रह गरेको छ ।

होली खेल्ने बहानामा चोरी, लुटपाटजस्ता कार्यहरू समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स, मोबाइल, आफूले लगाएको गरगहना सुरक्षित राख्न प्रहरीले आग्रह गरेको छ ।

Adv footer