
बिर्तामोड, चैत १ । झापाको झापा गाउँपालिका वडा नम्बर ४ बस्ने जिया तामाङको घरमा हिजो राति आगलागी भएको छ ।
आगलागीबाट तामाङको जस्तापाताको छानो भएको भुइँतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आज राति करिब ९ बजेतिर विद्युत सर्ट भई सो आगलागी भएको आशंका गरिएको छ । तामाङले सो घर भाडामा दिएका छन् ।
आगो निभाउन भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीले सहयोग गरेका थिए । सवा ९ राति आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट अन्दाजी २५ लाख रुपैयाँबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक दिपिन राईले जानकारी दिएका छन् ।